arrow

इन्जिनियर दिपेश विष्ट विद्युतीय सुशासन आयोगको सीईओ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ९ आइतबार
bipesh-bista-engineer.jpg

काठमाडौं । इन्जिनियर दिपेश विष्ट विद्युतीय सुशासन आयोगको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएका छन् । गत शुक्रबारको मन्त्रिपरिषद्को बैठकले विष्टलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सरकारले उनलाई चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो । सीईओका लागि माग गरिएको प्रस्तावमा तीन जनाले आवेदन दिएका थिए । तीनमध्ये विष्ट र विनोद ढकाल सर्ट लिस्टमा परेका थिए ।

सीईओ विष्ट प्रधानमन्त्री शेरबहादुर देउवाका आईटी सल्लाहकारसमेत हुन् । सीईओ नियुक्त भएपछि उनले यो संस्थालाई नेपालको आईटी क्षेत्रका लागि महत्वपूर्ण संस्थाको रुपमा विकास गर्न सक्रिय भूमिका खेल्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ