arrow

बंगलादेशविरुद्ध नेपालको सनसनीपूर्ण प्रदर्शन 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ११ मंगलबार
nepal-bang-207-06-11.jpg

काठमाडौं । बंगलादेश विरुद्धको मैत्रीपूर्ण फुटबलमा नेपालले सनसनीपूर्ण प्रदर्शन गरेको छ । दशरथ रङ्गशालामा जारी खेलमा नेपालले लगातार तीन गोल गरेको छ । नेपालका लागि अञ्जन विष्टले ह्याट्रिक  गरेका हुन् ।      

मध्यान्तरसम्म ३–० ले अग्रता लिएको नेपालका लागि तीन वटै गोल अञ्जनले गरेका हुन् । उनले खेलको १८, २७ र ३८ औं मिनेटमा गोल गरेका हुन् । 

योसँगै अञ्जन ह्याट्रिक गर्ने छैटौं नेपाली खेलाडी बनेका छन् । यसअघि नेपाली फुटबलमा पहिलो ह्याट्रिक गर्ने खेलाडी गणेश थापा हुन् । त्यसपछि नरेश जोशी, निराजन राइमाझी, भरत खवास र नवयुग श्रेष्ठले ह्याट्रिक गरेका थिए । 

नेपालका कार्यबाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईले किरण चेम्जोङको कप्तानीमा नेपाली टिमलाई मैदानमा उतारेका हुन् । नेपालले फिफा इन्टरनेशनल विन्डो अन्तर्गत बंगलादेशविरुद्ध खेलिरहेको हो । 

नेपाली टिमको शुरुआती ११ मा चेम्जोङसहित अञ्जन विष्ट तथा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, तेज तामाङ, सेसेहाङ आङ्देम्बे, विशाल राई, सुजल श्रेष्ठ र विमल घर्तीमगर रहेका छन् ।  



नयाँ