arrow

विजयादशमीका दिनबाहेक दशैंमा सर्वोच्च खुला रहने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १२ बुधबार
supreme-court-long.jpg

काठमाडौं । सर्वोच्च अदालत बडादशैं २०७९ को बिदाको समयमा पनि बिहान ११ देखि अपराह्न ३ बजे खुला रहनेछ ।

दशैं पर्वका अवसरमा घटस्थापनाका दिनदेखि यही असोज २३ गते कोजाग्रत पूर्णिमाका दिनसम्म बन्दीप्रत्यक्षीकरण रिट हेर्न उक्त समय अदालत खुला हुने सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए । 

न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने घटस्थापना, शनिबार र विजयादशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ