arrow
ADVERTISEMENT

जश लिन केपी ओलीले शिलान्यास गरेको नेपाल–चीनमैत्री औद्योगिक पार्क अलपत्र

logo
युवराज रेग्मी, 
प्रकाशित २०७९ असोज १२ बुधबार
nepal-chin-maitri-park-kp-oli.jpg

झापा । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हतारमा शिलान्यास गरेको झापाको एउटा आयोजना अझै अघि बढ्न सकेको छैन । 

आवश्यक वैधानिक र कानूनी प्रक्रिया नै पूरा नगरी दमक, कमल र गौरादहस्थित नेपाल–चीन मैत्री औद्योगिक पार्क ओलीले आफू प्रधानमन्त्री रहँदा २०७७ फागुन १६ गते शिलान्यास गरेका थिए ।

शिलान्यास गरेको दुई वर्ष भित्रमै २५ वटा उद्योग शुरु हुने बताइएको थियो । ओलीले प्रक्रिया पूरा नगरी शिलान्यास गर्दा अझैसम्म औद्योगिक पार्कको काम नै शुरु हुन सकेको छैन ।
 
जस लिनलाई ओलीले तत्कालीन समयमा लगानी बोर्डले लगानी स्वीकृतसमेत नगरी पार्क शिलान्यास गरेका थिए । यद्यपि बोर्डले करिब ६५ अर्ब बजेट स्वीकृत गरिसकेको छ । २१ बिगाहा क्षेत्रफलमा बन्ने भनिएको औद्योगिक पार्क चीनको ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोइन्ट कन्स्ट्रक्सनले निर्माण गर्ने जनाइएको छ । 

जहाँ एक सयभन्दा बढी विभिन्न उद्योग बन्नेछ । शुरुको दुई वर्षमा कम्तीमा २५ उद्योगको भौतिक पूर्वाधारको निर्माण सक्ने भनिएको थियो । यहाँ निर्माण सम्पन्न हुँदासम्म चिनियाँ कम्पनीले साढे तीन सय अर्बसम्म लगानी गर्ने बताइएको छ । 

ओलीको निर्वाचन क्षेत्रस्थित दमक, कमल र गौरादहको संगमस्थल रतुवा नदीको बगरमा औद्योगिक पार्क निर्माण हुनेछ । ओलीले शिलान्यास गरेपछि उक्त स्थानमा निर्माणकार्य नहुँदा वरिपरि काँस पलाएर शिलान्यास गरेको स्तम्भ नै नदेखिने अवस्थामा पुगेको छ । 

उक्त क्षेत्रमा निर्माणको नाममा ओलीले शिलान्यास गर्दाको स्तम्भ मात्र छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ