arrow

माछापुच्छ्रे बैंकले ल्यायो क्यासब्याक अफर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १३ बिहिबार
machha1.jpg

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चाडपर्वलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ । बैंकले एनसीएचएलसँगको सहकार्यमा बडा दशैँलाई लक्षित गरी भाटभटेनी सुपरमार्केटमा क्यू आरबाट कारोबार गर्दा क्यासब्याक अफर ल्याएको हो । 

बैंकले चाडबाडको समयमा हुने किनमेलमा ग्राकहरूलाई विशेष सुविधा दिने उद्देश्यले क्यासब्याक अफर सञ्चालनमा ल्याएको हो  । बैंकले ल्याएको उक्त अफर असोज ८ गतेदेखि १४ गतेसम्मका लागि लागू हुनेछ ।

जसअन्तर्गत बैंकका ग्राहकले नेपालपे क्यूआरबाट भाटभटेनी सुपरमार्केटमा कारोबार  गर्दा एक पटकमा १० प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्म क्यासब्याक पाउन सक्नेछन् । 

साथै भाटभटेनी सुपरमार्केटले पनि चाडबाडलाई लक्षित गरी कपडा एवम् जुत्ताको खरीदमा थप १० प्रतिशत सम्मको छुट सञ्चालनमा ल्याएको छ । 



नयाँ