arrow

प्रेम

logo
अनु पोखरेल,
प्रकाशित २०७९ असोज १५ शनिबार
anu-pokharel-gazal.jpg

आँखा होस् या मनले ठूलै जादु गरिएको हुनुपर्छ, 
त्यसैले त बलियो यो हृदय बहकिएको हुनुपर्छ ।

व्यवहारमा प्रेम देखाएर पुग्दैन यो दुनियाँलाई,
शब्दले हजार बार प्रेम गर्छु पनि भनिएको हुनुपर्छ ।

मैले याद गर्दिनँ भन्ने भ्रम परेको रहेछ उसलाई,
ऊ जान्दैन सम्झिनलाई पनि कहिल्यै बिर्सिएको हुनुपर्छ ।

हजारौं भेट्नु हुनेछ तपाईंको लागि आँसु बगाउनेहरु,
तपाईंको शरीर फूल, अबिर र कात्रोले सजिएको हुनुपर्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ