arrow

विचार बदलिएन

logo
कवीन्द्र सिटौला ‘जिज्ञासु’
प्रकाशित २०७९ असोज १५ शनिबार
kabindra-sitaula-jigyasu-kabita.jpg

मैले आफूलाई परिवर्तन गर्न लाखौं प्रयत्न गरेँ 
जीवनलाई परिवर्तन गर्न हजारौं युद्धहरु लडेँ 
विचार परिवर्तनको कठोर लडाइँ लडेँ 
तर सबैमा म आफैँ असफल भएँ 
आज म विचारका लडाइँको अन्तिम प्रयासमा छु 
आफैँलाई परिवर्तन गर्ने तयारीमा छु 
पुराना विचारहरुलाई फालेर 
नयाँ विचारहरु रोप्ने तयारीमा छु 
विचार परिवर्तन, जीवन परिवर्तन 
भन्ने मन्त्र बुझेर 
आज म जीवन परिवर्तनमा जुटेको छु 
विचार परिवर्तनबाटै समाज परिवर्तन
हुन्छ भन्ने तथ्य बुझेर
आज म समाज परिवर्तनको तयारीमा छु 
अब म विचारको एटमबमले सुसज्जित भएर 
बम फाल्ने तयारीमा छु 
सावधान !
(अल्डी, भर्जिनिया, मार्च २०१५, ‘हृदयका स्पन्दनहरु’ कृतिबाट)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ