arrow

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश, उपहारको बहार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १७ सोमबार
machhapuchhre-bank-23-years.jpg

काठमाडौं । माछापुच्छ्रे बैंक २२ औँ वर्षपार गरी २३ औँ वर्षमा प्रवेश गरेको छ । २२ वर्ष अघि पोखरामा क्षेत्रीय बैंकको रुपमा स्थापना भएको माछापुच्छ्रे बैंक आजको दिनमा आइपुग्दा व्यवसायिक बैंकहरुमा अब्बल बैंकको रुपमा स्थापित हुन सफल भएको छ । 

२२ वर्ष पूरा गरी २३ औँ वर्षमा प्रवेश गरेको अवसरमा बैंकले एक कार्यक्रम गरी २० वर्ष भन्दा बढी निरन्तर सेवा गरिरहेका कर्मचारीहरुलाई सम्मान गरेको छ । उक्त कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका अध्यक्ष डा. विरेन्द्रप्रसाद महतोले २२ वर्ष सम्मका यात्रालाई सफल बनाउन योगदान दिने सम्पूर्ण ग्राहक, नियमनकारी निकाय, सेयरधनी सदस्य, सम्पूर्ण कर्मचारी एंव शुभचिन्तकहरु प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै आगामी दिनहरुमा पनि अझ गुणस्तरीय बैंकिङ्ग सेवा दिंदै थप उत्कृष्ट सुविधाहरु प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । 

त्यसैगरी सञ्चालक समितिका सदस्य रोशन केसीले बैंकका संस्थापक अध्यक्ष स्वर्गीय सूर्यबहादुर केसीको योगदानलाई उच्च कदर गर्दै बैंकलाई यो स्थानमा ल्याउन सहयोग गर्ने सम्पूर्ण ग्राहक, नियमनकारी निकाय, सेयरधनी सदस्य, सम्पूर्ण कर्मचारी एवं शुभचिन्तकहरुलाई बधाई तथा धन्यवाद प्रकट गरे । 

कार्यक्रममा बैंक संचालक समितिका सदस्यहरु जयमुकुन्द खनाल र विश्वप्रकाश गौतमले आ–आफ्नो मन्तव्य राख्दै बैंकलाई आजको स्थानमा ल्याई पुर्याउन सहयोग गर्ने सम्पूर्ण निकाय, ग्राहक महानुभाव एंव शुभचिन्तकहरुलाई हृदय देखि नै धन्यवाद ज्ञापन गरे । 

बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंकले सवल उत्कृष्ठ एवं विस्तारित भन्ने नाराका साथ बैंक पूँजी, व्यवसाय वृद्धि, शाखा सञ्जाल विस्तार एवं रोजगारी सिर्जना लगायत सबै हिसाबमा अग्रणी स्थानमा रही समस्त राष्ट्रको आर्थिक विकासमा टेवा पुर्याउन निरन्तर लागि पर्ने प्रतिबद्धता व्यक्त गरे । 

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सर्जुकुमार थापा, नायव महाप्रबन्धक प्रसिद्धराज अर्यालले आ–आफ्नो मन्तव्य राख्दै बैंकलाई आजको स्थानमा ल्याई पुर्याउन सहयोग गर्ने सम्पूर्ण निकाय, ग्राहक महानुभाव एंव शुभचिन्तकहरुलाई हृदय देखि नै धन्यवाद ज्ञापन गरे । 

साथै माछापुच्छ्रे बैंकले आफ्नो २२ औं वार्षिकोत्सबको अवसरमा विभिन्न क्यासब्याक तथा डिस्काउन्ट अफरहरु ल्याएको छ । जसको उपयोग बैंकले प्रदान गर्दै आएको डिजिटल सेवा सुविधाहरु (एमबीएल एम स्मार्ट, डेबिट तथा क्रेडिट कार्ड ) बाट लिन सकिने बैंकले जनाएको छ ।   

उक्त अफर अन्तर्गत बैंकका ग्राहकले फुडमान्डुमार्फत बैंकको क्रेडिट कार्ड प्रयोग गरी खाना अर्डर गर्दा २० प्रतिशत वा अधिकतम ३०० रुपैयाँ, एमबीएल एम स्मार्टमार्फत पहिलो पटक मोबाइल टपअप गर्दा १० प्रतिशत वा अधिकतम १०० रुपैयाँ, एमबीएल एम स्मार्टमार्फत ९ आश्विन २०७९ देखि २० आश्विन २०७९ सम्म हरेक दिन बिहानको ७ बजेबाट बिहानको ९ बजेसम्म  २ घण्टाको अबधिमा २२२ भन्दा बढीको ५ वा सो भन्दा बढी कारोबार गरेको खण्डमा २२ प्रतिशत वा अधिकतम २२२ रुपैयाँ, सीजी डिजिटलमार्फत क्रेडिट कार्ड प्रयोग गरी समान अर्डर गर्दा २० प्रतिशत वा अधिकतम १५०० रुपैयाँ सम्मको क्यासब्याकहरु (यो योजना दशमी सम्मको लागि मात्र), सेन्ट्रल बजारमार्फत डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी समान अर्डर गर्दा १० प्रतिशत वा अधिकतम १००० रुपैयाँ सम्मको छुट र आश्विन १५ गतेबाट दराजमार्फत डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २२ प्रतिशत वा अधिकतम २२२२ रुपैयाँसम्मको डिस्काउन्ट (यो योजना सीमित अवधिको लागि मात्र ) प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

माछापुच्छ्रे बैंकका आफ्ना १६५ वटा शाखाहरु लगायत १७४ शाखा रहित बैंकिङ्ग, १० वटा एक्सटेन्सन काउण्टर  गरी  जम्मा ३४९ स्थानबाट १६०० भन्दा बढी कर्मचारीमार्फत सम्पूर्ण बैंकिङ्ग सुबिधा प्रदान गर्नुका साथै बैंकको देशभर २०५ वटा एटीएमहरु मार्फत ग्राहक महानुभावहरुलाई सेवा प्रदान गरिरहेको जानकारी दिएको छ ।



लोकप्रिय समाचार
नयाँ