arrow

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भक्तजनको भीड

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १८ मंगलबार
taleju-mandir.jpg
तस्बिर – फाइल ।

काठमाडौं । प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र खुला गरिने हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । 
 
प्रत्येक वर्ष आश्विन शुक्ल नवमीअर्थात् महानवमीका दिनमात्र भक्तजनका लागि खुला गरिने सो मन्दिरमा हजारौँ भक्तजनको भीड लागेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दिप खनालले जानकारी दिए । आजमात्र खुल्ने मन्दिर भएकाले लाम बस्ने जतिलाई दर्शन गराइने कार्यालयले जनाएको छ ।

यसैबीच तुलजा भवानीलाई नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइत अनुसार आइतबार बिहान १०ः०५ बजे हनुमानढोका दरबार क्षेत्रको मूलचोकमा यात्रा गराइएको छ । तुलजा भवानीलाई त्यसै दिन बिहान ११ः३५ बजेको साइतमा स्थिरासनमा राखिएको खनालले बताए । 

 तलेजु भवानीलाई मूलचोकमै राखेर महाअष्टमी सोमबार राति कालरात्रि पूजाका साथ ५४ बोका र ५४ राँगाको बलिसहित पूजा आराधना गरिएको थियो । विजयादशमीसम्म तलेजु भवानीलाई यहीँ राखेर पूजा आराधना गरिन्छ । 

विजयादशमीका दिन बिहान समितिले दिएको साइतअनुसार बिहान ७ः३५ बजे यात्रा गराइने छ । बिहान ८ः४७ बजे तलेजु  भवानीलाई मूल मन्दिरमा स्थिरासन गराइने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ