arrow

प्रतिस्पर्धा स्वस्थ भएन भने त्यो लोकतान्त्रिक राजनीति हुँदैन : ओली

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १९ बुधबार
kp-sharma-oli-new-2078-12-09.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावी प्रतिस्पर्धा स्वस्थ हुनुपर्ने बताएका छन् । गृह जिल्लामा दशैंको महानवमीका अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्दै आलीले यस्तो बताएका हुन् । 

ओलीले २०५१ सालदेखि झापा कार्यक्रम गर्दै आएका छन् ।ओलीले स्वस्थ चुनावी प्रतिस्पर्धामा उत्रिन राजनीतिक दलहरूलाई आग्रह गरे । “हामीले लडेर ल्याएको व्यवस्था नै बहुदलीय प्रतिस्पर्धा हो”, उनले भने, “प्रतिस्पर्धा स्वस्थ भएन भने त्यो लोकतान्त्रिक राजनीति हुँदैन ।” उनले दलहरुबीच राष्ट्रिय एकता र बहुदलीय प्रतिस्पर्धाको गरिमा कायम राख्ने विषयमा एकता हुनुपर्ने धारणा व्यक्त गरे ।

ओलीले शुभकामना मन्तव्यका क्रममा दशैंको सांस्कृतिक, सामाजिक र पौराणिक महत्त्वका विषयमा चर्चा गर्दै मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने, नारी शक्तिको उपासना गर्ने र असत्यलाई पराजित गर्ने सन्देश दिने चाड अरू मुलुकमा नभएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ