arrow

अबिरल वर्षाले पहिरो खस्दा पाँच घर पहिरोको जोखिममा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २१ शुक्रबार
Syangja_District.png

वालिङ । अबिरल वर्षासँगै पहिरो खस्दा यहाँका पाँच घर जोखिममा परेका छन् । स्याङ्जाको वालिङ–१३ ठूलाखेतका पाँच घर पहिरोको जोखिममा परेपछि त्यहाँका मानिसलाई छिमेकीका घरमा सारिएको छ । 

स्थानीय धनबहादुर डाला, पृथलाल गुरुङ, तनबहादुर सारु, ईन्द्रबहादुर सार्की र रामबहादुर सार्कीका पक्की घर पहिरोको जोखिममा परेको वडाध्यक्ष नमलाल डुम्रेले जानकारी दिए । 

बिहीबार दिउँसो ३ बजे घर मुनिबाट पहिरो खसेपछि तत्काल त्यहाँ बस्दै आएका परिवारहरुलाई छिमेकीको सारिएको उनले बताए । पानी परिरहेकाले थप क्षति हुन नदिन पहिरो गएको ठाउँमा त्रिपाल र प्लास्टिकले छोपिएको छ । प्लटिङ गरिएको जग्गामा लगाइएको अग्लो पर्खाल भत्किएर पहिरो जाँदा ती घरहरु जोखिममा परेका हुन्  ।

अहिले पानी परिरहेकाले जोखिममा रहेका घरमा बस्दै आएकाहरुलाई छिमेकीको घरमा राखिएको नगर प्रमुख कृष्ण खाँणले बताउनुभयो । मानवीय क्षति नहोस् भनेर त्यहाँ बस्दै आएका पाँच परिवारलाई  छिमेकीको घरमा सारिएको छ । 

पानी रोकिएपछि प्राविधिक तथा विपद ब्यवस्थापनको टोलीले निरीक्षण गरी बस्न हुने–नहुने बुझेर सोही अनुसारको प्रक्रिया अगाडि बढाइने उहाँनले जानकारी दिए । 

नगरपालिकाले प्रदेश र केन्द्रीय सरकारसँग राहत तथा सहयोगका लागि पहल गर्ने नगरप्रमुख खाँणले बताए । मङ्गलबार रातिदेखि परेको अविरल वर्षाका कारण यहाँको जनजीवन कष्टकर बनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ