arrow

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा वीरेन्द्रनगरमा, कहाँ कति ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २१ शुक्रबार
weather-2079-06-21a.jpg

काठमाडौं । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा वीरेन्द्रनगरमा भएको छ । बुधबार भैरहवामा वर्षा भएकामा बिहीबार भने वीरेन्द्रनगरमा भएको हो । बुधबार पश्चिममा तथा बिहीबार सुदूरपश्चिममा बढी वर्षा भयो । 

वीरेन्द्रनगरमा १३८.६ मिलिमिटर वर्षा भयो । नेपालगञ्जमा १०७.२ मिलिमिटर वर्षा भएको छ । त्यस्तै दिपायलमा ४०.२, डडेलधुरामा ३४.४, धनगढीमा ९२.९, जुम्लामा ३९.६, घोराहीमा ६७.४ मिलिमिटर, पोखरामा ४१.७, भैरहवामा ३४.४, सिमरामा १.१ वर्षा भयो । 

त्यस्तै काठमाडौंमा ३०.६, ओखलढुङ्गामा १.६, ताप्लेजुङमा १.३, धनकुटामा ०.५ तथा विराटनगर र जनकपुरमा भने वर्षा भएन । 

दशैंका बेलामा भएको अविरल वर्षाको क्रम अझै रोकिएको छैन । शुक्रबार बिहानदेखि नै विभिन्न स्थानमा वर्षा भएको छ । वर्षाको क्रम रोकिएको छैन । विभिन्न राजमार्गहरु अवरुद्ध छन् । काठमाडौं उपत्यकामा बिहान वर्षा भए पनि ७ बजेपछि भने मौसम खुलेको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मध्य(पश्चिम बंगालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। हाल  सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । सुदूर पश्चिम प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरूमा  हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा  सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका  केही,  कर्णाली प्रदेशका थोरै  र लुम्बिनी तथा गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी  देखी धेरै भारी वर्षाको संभावना रहेको छ। 

राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै र बाँकी प्रदेशका थोरै  स्थानहरूमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली  र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।  

शनिबार र आइतबार पनि वर्षा हुने महाशाखाले जनाएको छ । शनिबार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा  सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै साथै लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।  

राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै र बाँकी प्रदेशका थोरै  स्थानहरूमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली  प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।  

त्यस्तै आइतबार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा  सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै साथै लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।  

राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै र बाँकी प्रदेशका थोरै  स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली  प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ