arrow

सत्ता गठबन्धनको बैठक जारी, जसपा अनुपस्थित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २१ शुक्रबार
deuba-prachanda-nepal-1353.jpg
तस्बिर – फाइल ।

काठमाडौं । सत्ताधारी गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारम जारी रहेको छ । आइतबार प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने समय भइसक्दा अहिलेसम्म गठबन्धनबीच सिट बाँडफाँट हुन सकेको छैन । 

सिट बाँडफाँटमा अलमल भएसँगै जनता समाजवादी पार्टी (जसपा) ले गठबन्धनमा रहने कि प्रमुख प्रतिपक्ष दल एमालेसँग साँठगाँठ गर्ने भन्ने बारेमा दोधारमा रहेको छ । जसका कारण आजको बैठकमा जसपाका नेताहरु उपस्थित भएका छैनन् । 

दुई महिना बढी समयदेखि सत्ता गठबन्धनबीच सिट बाँडफाँटका लागि बैठक बस्दै आएको भए पनि अहिलेसम्म टुङ्गो लागेको छैन । एक सय ६५ सिटमध्ये पाँच दलबीच भागबण्डा लगाउन सकस भइरहेको छ । 

अहिले जसपाले २५ सिट जसले दिन्छ त्यतै लाग्ने नीति लिएको छ । सरकारमा रहेको जसपाले प्रतिपक्षमा रहेको एमालेसँगसमेत साँठगाँठ गर्ने योजना बनाएको छ । एमाले पनि गठबन्धनका लागि आतुर छ । 

सत्ताधारी पाँच दल मिलेका खण्डमा एमालेको स्थिति गम्भीर हुने अवस्था भएकैले पनि एमाले पनि गठबन्धनका लागि आतुर देखिएको हो । तर मधेसमा मात्र केन्द्रीत रहेका दलहरुसँग गठबन्धन गर्दा उसलाई मधेसका सीमित सिटमा मात्र फाइदा हुने देखिन्छ । 

यता, सत्ता गठबन्धनले अहिलेसम्म सिट बाँडफाँट नगर्दा एमाले पनि पर्ख र हेरको नीतिमा रहेको छ । एमालेले जसपा र राप्रपासँग एकता गर्न सक्ने देखिएको छ । त्यस्तै राप्रपा नेपालले पनि एमालेसँग एकता चाहेको छ । 

जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि आफू घरमै रहेको जानकारी दिए ।

जसपाले एमालेसँग सहकार्यको प्रक्रिया अगाडि बढाएको छ । गठबन्धनबाट कम सिट पाइने भएपछि जसपाले एमालेसँग चुनावी तालमेल गर्न थालेको हो ।



नयाँ