arrow

नेकपा एसलाई बीस सिट, कहाँ कसले पाए टिकट ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २२ शनिबार
ncp-united-socialist-party-office.jpg

काठमाडौं । सत्तारुढ गठबन्धनबीच सिट बाँडफाँटसँगै नेकपा एकीकृत समाजवादीले २० सिट पाएको छ । २५ सिट भन्दा तल नझर्ने अडानमा रहेको एस पार्टीले २० सिटमा चित्त बुझाएको हो । 

पार्टी प्रवक्ता जगनाथ खतिवडाले सिट बाँडफाँटसँगै उम्मेदवार पनि टुंगो लागेको जानकारी दिए ।  ‘अहिले टिकट पाउने गरी सिट संख्या बाँडिएको छ, त्यो अब चलाइँदैन’, खतिवडाले भने । उनका अनुसार झलनाथ खनाल इलाम–१, माधवकुमार नेपाल रौतहट–१, जगनाथ खतिवडा उदयपुर–२, कृष्णकुमार श्रेष्ठ ९किसान० बारा–४, जीवनराम श्रेष्ठ काठमाडौं–८ का उम्मेदवार हुने छन् ।

यसैगरी कृष्णलाल महर्जन ललितपुर–२, राजेन्द्र पाण्डे धादिङ–१, विरोध खतिवडा मकवानपुर–२, श्रीनाथ बराल कास्की–२, रामकुमारी झाँक्री गुल्मी–२, सोमप्रसाद पाण्डे पाल्पा–२, राजु गुरुङ रुपन्देही–२ र मेटमणी चौधरी दाङ–१ बाट उम्मेदवार बन्ने छन् । 

प्रकाश ज्वाला सल्यान, धनबहादुर बुढा डोल्पा, अम्बर थापा दैलेख–१, शेरबहादुर कुँवर अछाम–१, भानुभक्त जोशी बझाङ र प्रेम आले डोटीका उम्मेदवार हुने एकीकृत समाजवादीले जनाएको छ  । 

‘अब हामी निर्वाचनको तयारीमा लागेका छौं, अहिलेको सिट नै फाइनल हो’, खतिवडाले भने ।

प्रतिनिधि सभामा एकीकृत समाजवादीका उम्मेदवार 
१, इलाम १ – झलनाथ खनाल 
२,उदयपुर  २ – जगन्नाथ खतिवडा 
३, रौतहट  १ – माधवकुमार नेपाल 
४, बारा ४ – कृष्णकुमार (किसान) श्रेष्ठ 
५, काठमाडौं ८ –जीवनराम श्रेष्ठ 
६, ललितपुर २ – कृष्णलाल महर्जन 
७, धादिङ – राजेन्द्रप्रसाद पाण्डे
८, मकवानपुर – विरोध खतिवडा 
९, कास्की – श्रीनाथ बराल 
१०, गुल्मी २ – रामकुमारी झाँक्री 
११, पाल्पा २ – सोमप्रसाद पाण्डे 
१२, रुपन्देही  २ – राजु गुरुङ 
१३, दाङ  १ – मेटमणि चौधरी 
१४, सल्यान – प्रकाश बुढाथोकी (ज्वाला)
१५, डोल्पा – धनबहादुर बुढा मगर 
१६, दैलेख – अम्बरबहादुर थापा 
१७, अछाम १ – शेरबहादुर कुवँर 
१८, बझाङ – भानुभक्त जोशी 
१९, डोटी – प्रेमबहादुर आले

एक सिट भने अझै बाँकी रहेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ