arrow

अस्पतालबाट ‘डिस्चार्ज’ भइन् राष्ट्रपति भण्डारी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २५ मंगलबार
vidya-devi-bhandari-final.jpg
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी उपचारपछि आज अस्पतालबाट डिस्चार्ज भएकी छिन् । कोरोना सङ्क्रमण भई त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत उनको स्वास्थ्यमा सुधार आएपछि आज दिउँसो १२ः४५ बजे अस्पतालबाट डिस्चार्ज भएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए । 

“उहाँको स्वास्थ्य अवस्थामा सुधार देखिएपछि आज घर फर्कनुभएको हो”, उनले भने, “राष्ट्रपति भण्डारीको ज्वरोलगायत स्वास्थ्यका अन्य सूचकाङ्कहरु सामान्य छन् ।” 

यही असोज २२ गते राष्ट्रपति भण्डारीलाई रुघाखोकी र ज्वरो आएपछि अस्पतालको एनेक्स वार्ड नं ६०१ मा भर्ना गरी उपचार गरिएको थियो । त्यस क्रममा पीसीआर परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको थियो । 

उनको उपचारमा डा नीरज बमको नेतृत्वमा चिकित्सकको टोली खटिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ