arrow

ओरालो यात्रामा नेप्से

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २५ मंगलबार
nepse-stock-share-down-bear.jpg

काठमाडौं । शेयर बजार घट्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ । यस दिन सूचकसँगै दैनिक कारोबार रकम पनि सुस्त देखिएको छ । मंगलबार नेप्से सूचक १६.०६ अंकले घटेर १८५५.१६ बिन्दुमा आएको छ ।

५५ करोड रुपैयाँको शेयर कारोबार भएको छ । दशैं अघिदेखि नै सकारात्मक बनेको बजार दशैंपछिको पहिलो कारोबारमा थप सुधार भएको थियो । आज २२९ कम्पनीको १७ लाख ६८ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको छ ।

ट्रेडिङ, होटल र लगानी समूहका सूचकहरुमा सुधार भएको छ भने बाँकी समूहका सूचक घटेका छन् । ३ करोड १० लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नबिल बैंक अग्रस्थानमा रहेको छ । यसैगरी दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल लाइफ इन्स्योरेन्स र हिमालयन पावर पार्टनर परेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ