arrow

शेर र हस्तले जिते हुण्डाइको ‘टेष्ट ड्राइभ क्याम्पेन’, कतार गएर विश्वकप हेर्न पाउने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २५ मंगलबार
hyundai-test-drive-winner-2022.jpg

काठमाडौं । हुण्डाइ गाडीहरुको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विश्वकप २०२२ लक्षित ‘गोल अफ द सेन्चुरी’ अभियान अन्तर्गतको टेष्ट ड्राइभ क्याम्पेन ‘हुण्डाइ टेष्ट ड्राइभ वाच लाइभ फिफा वल्ड कप २०२२’ को विजेता घोषणा गरेको छ । यस क्याम्पेनका विजेताले फिफा विश्वकप २०२२ को प्रत्यक्ष खेल कतार गएर हेर्न पाउने छन् ।

मंगलबार गरिएको लक्की ड्र मार्फत २ जना विजेताहरुको छनोट गरिएको लक्ष्मीले जनाएको छ । दुई भाग्यशालीमा शेरबहादुर जीसी र हस्तमाया गुरुङ्ग रहेका छन् । दुइ विजेताहरुले आफ्नो रोजाइको एक–एक व्यक्ति साथमा लिई कतारमा प्रत्यक्ष विश्वकप २०२२ हेर्न जान पाउनेछन् । जसको सम्पूर्ण खर्चहरु हुण्डाइ नेपालले व्यहोर्ने छ ।

यस योजनामा सहभागी जनाउन १९ जुलाईदेखि ३० सेप्टेम्बरसम्म नेपालभर रहेका हुण्डाइको १७ वटा शोरुमहरुबाट कुनै पनि हुण्डाई गाडीको टेष्ट ड्राइभ गरी आफूलाई रजिष्टर गर्नुपर्ने थियो । 

यस क्याम्पेनले पर्यावरण दिगोपनका लागि हुण्डाइको प्रयासप्रति सबैको ध्यानाकर्षण गरेको थियो । क्याम्पेनले नेपाली अटोमोबाइल बजारमा अत्याधिक चर्चा बटुल्न पनि सफल रह्यो । 

लक्ष्मीले भनेको छ, ‘आफ्ना ग्राहकहरुलाई सदैव आकर्षक योजना तथा उत्कृष्ट उत्पादनको माध्यमबाट हुण्डाइ सबैको रोजाइको ब्राण्ड बन्न सफल भएको छ ।’
 
फुटबलको विश्वव्यापी आकर्षणका कारण फुटबल मार्फत पर्यावरणमैत्री व्यवहार अवलम्बन गर्न प्रोत्साहन गरी खेलका पारखीहरुलाई जोड्ने लक्ष्य सहितको यस क्याम्पेन आफ्नो लक्ष्यमा सफल भएको कम्पनीले जनाएको छ ।

लक्ष्मीले नेपालभर रहेका १७ डिलर तथा १९ सर्भिस सेन्टरहरुद्वारा आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ