arrow

कंगन चोर्न काटियो एक सय आठ वर्षे महिलाका दुवै खुट्टा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २६ बुधबार
killed-jamunadevi.jpg

काठमाडौं । भारतमा एक सय आठ वर्षे महिलाका दुवै खुट्टा काटिएको छ । जयपुरमा आइतबार राति चाँदीका कंगन र लकेट चोर्न चोरले ती महिलाका दुवै खुट्टा काटेको हो । 

दुई दिनसम्म छट्पटिएकी ती वृद्धा जमुनादेवीले मंगलबार अन्तिम सास फेरिन् । प्रहरीले हत्यारा प्रकाश प्रजापतलाई गिरफ्तार गरेको छ । प्रजापत जमुनादेवीको घरमा पहिले भाडामा बस्ने व्यक्ति हो । 

यो घटना साँच्चिकै दर्दनाक हो । सुन्दा पनि शरीरमा काँडा उठ्ने जस्तै । जमुनादेवीले दुई दिनसम्म मृत्युसँग लडिन् तर हार खाइन् । 

उपचारमा सरिक डाक्टर अचल शर्माका आँखामा आँशु देखिएको भास्कर दैनिकले लेखेको छ । उनको उमेरका कारणले शरीर सहजै हिँडडुल गर्दैनथ्यो । बिस्ताराबाट उठ्न पनि मुस्किल थियो । ईशारामा बोल्थिन् । हत्याराले डेढ किलो चाँदीका लागि उनका दुवै खुट्टा काटिदियो । मासु काट्ने चौपरले उनका खुट्टा काटेको थियो । चौपरले घाँटी पनि काट्न खोजेको थियो । 

चिकित्सकले जोकसैले यो अपराध देख्दा मथिंगल हलचल हुने बताएका छन् । उपचार गर्न लैजाँदा उनी होशमै थिइन् । इशाराले जानकारी पनि दिएकी थिइन् । डा. शर्माले यो दृष्य निकै नै भयानक भएको बताएका छन् । 

उनका पुराना भाडावाल प्रकाश राजपतले ऋण चुकाउनका लागि उनको हत्या गरेको पुलिसलाई बयान दिएका छन् । उनको केही वर्षअघि सडक दुर्घटनामा खुट्टा भाँचिएकाले चार लाख रुपैयाँ ऋण लागेको थियो । यही ऋण चुकाउन हत्या गरेको खुलेको हो । 

प्रकाशको स्कुटी सीसीटीभी फुटेजमा देखिएको थियो । सोही आधारमा प्रहरीले पक्राउ गरेको हो । लुटिएका सामान पुलिसले बरामद गरिसकेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ