arrow

यस कारण कमल थापा र उपेन्द्र यादव भए नेपाली राजनीतिका दुई अनैतिक पात्र

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २६ बुधबार
kamal-thapa-rpp.jpg
फाइल तस्बिर

काठमाडौँ। नेकपा एमालेका नेता भीम रावलले कमल थापा र उपेन्द्र यादवलाई नेपाली राजनीतिका दुई अनैतिक नमुना भएको बताएका छन्। पञ्चायतसँगको साँठगाँठमा तत्कालीन राजा नेतृत्वको सरकारमा पटक-पटक अवसर पाएका कमल थापा अहिले गणतन्त्र आउँदा पनि सत्ताको अवसरमा लागिरहेकै छन्। 

२०७२ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री भएका कमल थापा यसअघि भएको पार्टीको निर्वाचनमा पराजित भएपछि पार्टी छोडेर नयाँ पार्टी खोले। राजतन्त्र छोडेर हिन्दु राज्यको मात्रै एजेन्डा बोकेका कमल थापा अन्तिममा आफू सूर्य चिह्नमार्फत चुनाव लड्ने भएका छन्। 

तत्कालीन प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले कमल थापालाई 'मुसा प्रवृत्ति' भएको व्यक्तिको रूपमा चित्रण गरेका थिए। कमल थापा राजतन्त्र हुँदै, गणतन्त्र र अहिले कम्युनिस्टसँग मिल्नु भनेको उनी कुनै विचार, सिद्धान्त, राजनीतिक नैतिकता नभएका पात्र हुन् भन्ने कुरा पुष्टि हुन्छ। 

त्यसै गरी राजनीतिक अनैतिकताको अर्को नमुना हुन् उपेन्द्र यादव। चिनियाँ एजेन्टको रूपमा नेपाली राजनीतिमा काम गरिरहेका यादव एकातिर गठबन्धनसँगको सत्ता साझेदार गरिरहेका छन्। सरकारमा मन्त्रालयको जिम्मेवारी सम्हालेर बसिरहेका छन् भने अर्कोतर्फ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग मोर्चा बन्दी गरिरहेका छन्। 

सत्ताको लाभ र प्रतिपक्षीबाट पनि सिटको लाभ लिइरहेका उपेन्द्र यादव विगतमा कम्युनिस्ट ब्याकग्राउण्डबाट नै राजनीतिमा होमिएका थिए। कम्युनिस्टप्रतिको मोह त्याग्न नसकेका यादव मधेसमा चिनियाँ प्रभाव विस्तार गर्ने मुख्य जिम्मेवारी पाएका व्यक्ति पनि हुन्। 

सत्ता गठबन्धनमा रहेर सधैँ अवसर प्राप्त गर्न पछि नहट्ने र मधेसी जनताको नाममा अराजक राजनीति गरिरहने र मधेसी जनतालाई भुलभुलैयामा पारेर चिनियाँ स्वार्थ पूर्तिमा लाग्ने यादव पनि राजनीतिक निष्ठा र नैतिकता नभएका पात्रमध्येमा नै पर्दछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ