arrow

भड्किए एमालेका कार्यकर्ता, केपीसँग रुष्ट 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २६ बुधबार
uml-cpn.jpg

काठमाडौं । मधेस प्रदेश लगायतका विभिन्न क्षेत्रमा नेकपा एमालेले जनता समाजवादी पार्टी (जसपा) सँग गरेको सहकार्यबाट कार्यकर्ताहरु भड्किएका छन् । जसपाको सहकार्यले कार्यकर्ता भड्किएका बेला नेकपा एमालेले चितवन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालाई समर्थन गरेपछि चितवनमा त कार्यकर्ता झनै भड्किएका छन् । 

पार्टीका उम्मेदवार रामप्रसाद न्यौपानेको उम्मेदवारी केन्द्रबाटै फिर्ता लिएपछि असन्तुष्टि बढेको हो । प्रचण्डले छाडेको सो क्षेत्रमा गठबन्धनबाट माओवादी केन्द्रका डा. भोजराज अधिकारी उम्मेदवार छन् । एमालेबाट उम्मेदवार रहेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको उम्मेदवारी पार्टी केन्द्रबाटै फिर्ता लिइएपछि असन्तुष्टि बढेपछि अहिले सुरेन्द्र पाण्डे, देवी ज्ञवाली लगायतका नेताहरुले सम्झाउने प्रयास गरिरहेका छन् । 

सो क्षेत्रमा एमालेका न्यौपाने नै लोकप्रिय उम्मेदवार रहेको र पार्टीले कांग्रेसका बागीलाई समर्थन गर्दा उल्टो हुने कतिपय नेताले बताएका छन् । कांग्रेस केन्द्रीय सदस्य कोइराला गठन्धनका उम्मेदवारविरुद्ध बागी उठेका छन् । बागी उठेपछि उनलाई कोइरालाले यसबीचमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर सहयोग गर्न आग्रह गरेका थिए । 

रुपन्देही–१ मा पनि एमालेका धेरै नेता कार्यकर्ताले पार्टी छाडेको घोषणा गरेका छन् । घनश्याम भुषाललाई टिकट नदिएपछि उनले विद्रोह गरेर पार्टी छाडेर स्वतन्त्रमा उठेका छन् । भुषाललाई जिताउन भन्दै धेरै नेता कार्यकर्ताले एमाले छाडेका हुन् । 

यता मधेसमा प्रभु साहलाई सत्ता गठबन्धनका दलहरुले सहयोग गर्ने भएपछि एमाले अध्यक्ष ओलीलाई गम्भीर धक्का लागेको छ ।

टिकट बाँड्दा सन्तुलन नमिलाएको र आफूले स्वनिर्णय गरेका कारण ओलीप्रति नेता कार्यकर्ता रुष्ट हुँदै गएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ