arrow

शनिवारसम्म यस्तो हुनेछ मौसम

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २७ बिहिबार
climate.jpg

काठमाडौं । हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ।मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा  भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार शनिवारसम्म पनि वर्षको सम्भावना रहेको छ । 

 आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बागमती  प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। 

भोलि शुक्रवार पनि  देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । भने  बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। 

शनिवार सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। राती देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ