arrow

प्रदेश १ बाहेकका प्रदेशबाट मनसुन बाहिरियो, यस्तो छ मौसम

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ३० आइतबार
climate.jpg

काठमाडौं । हाल नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।

यस वर्षको मनसुन शनिवारबाट क्रमशः बाहिरिँदै गएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मनसुन बहिर्गमनसम्बन्धी विशेष मनसुन बुलेटिन निकालेर देशको प्रदेश नं १ बाहेकका प्रदेशबाट मनसुन बाहिरिएको जनाएको हो ।

‘गत जेठ २२ गते नेपालको पूर्वी भू-भागबाट प्रवेश गरेको यस वर्षको मनसुन शनिवारदेखि नेपालको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र मधेस प्रदेशको पश्चिमी भू-भागबाट बाहिरिएको छ’, जारी बुलेटिनमा भनिएको छ । 

नेपालको बाँकी भू-भागबाट मनसुन बहिर्गमन हुन अझै केही दिन लाग्ने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

सरदरमा अक्टोबर २ तारिखका दिन नेपालबाट बाहिरिने मनसुन, यस वर्ष औसत मितिभन्दा केही दिन ढिलो गरी बहिर्गमन हुन सुरु भएको छ । मौसम पूर्वानुमान महाशाखाले आवश्यकताअनुसार विशेष मौसम बुलेटिन अद्यावधिक गर्ने पनि जनाएको छ ।

शनिवार सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी  प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा  मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। 

राती देशको पहाडी भू-भागमा आंशिक बदली रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ