arrow

राष्ट्रले अभिभावक गुमायो : राष्ट्रपति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ३० आइतबार
bidaya-devi-bhandari-president.jpg

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको बताएकी छन् ।

राष्ट्रपति भण्डारीले जोशीको निधनबाट पीडाबोध भएकोसमेत उल्लेख गरेकी छन् । उनले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको बताएकी हुन् ।

राष्ट्रपतिले भनेकी छन्, “वाङ्मयम शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएकामा पीडाबोध भएको छ ।” जोशीको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको स्रोत भएको राष्ट्रपतिको भनाइ छ । 

जोशीको आज बिहान किष्ट मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो । राष्ट्रपतिले जोशीप्रति श्रद्धाञ्जलिसमेत अर्पण गरेकी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ