arrow

जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकामा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ३० आइतबार
joshi-body.jpg

ललितपुर । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पुलचोकस्थित ललितपुर महानगरपालिका भवन प्राङ्गणमा राखिएको छ ।
 
पुरातत्त्वविद् जोशीको एक सय तीन वर्षको उमेरमा ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।

यसअघि उनको पार्थिव शरीर १२ बजेसम्म श्रद्धाञ्जलीका लागि कलेज प्राङ्गणमा राखिएको थियो । त्यहाँ राजनीतिक दलका स्थानीय नेता, संस्कृति विद् तथा शुभेच्छुकले श्रद्धाञ्जली अर्पण गरे ।

प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्री गणलगायत पार्टी नेता एवं समाजका विभिन्न क्षेत्रका तह र तप्काका व्यक्ति महानगरपालिका पुगेर उनप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ ।  

पार्थिव शरीर यहाँ अपराह्न ४ बजेसम्म रहने महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ