- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलहरूले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धनमा आवद्ध दलहरूलाई मतदान गर्न संयुक्त अपील गरेको छ । गठबन्धनमा आवद्ध दलका नेताहरूको हस्ताक्षरसहित मंगलबार विज्ञप्तिमार्फत यस्तो अपील गरिएको हो ।
अपीलमा भनिएको छ, ‘आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा हामी सहभागी हुँदैछौँ । नेपालको संविधान९०७२ ले परिकल्पना गरेअनुरुप राष्ट्रियता, प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, समाजवाद, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, शक्ति पृथकीकरणको सिद्धान्त र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्न वर्तमान चुनावी गठबन्धन दलहरु प्रतिबद्ध रहेका छौँ । लोकतान्त्रिक गठबन्धनको यो नै साझा र प्रष्ट बैचारिक धरातल र सहकार्यको आधार हो ।’
यता, सत्ता गठबन्धनले जारी गरेको संयुक्त अपीलमा राष्ट्रिय जनममोर्चाको भने हस्ताक्षर छैन । देशमा स्थिरता, विकास समृद्धिका गठबन्धनमा आवद्ध दलहरूलाई मतदान गर्न गठबन्धनले जारी गरेको विज्ञप्तिमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको मात्रै हस्ताक्षर छ ।
हस्ताक्षर नभएको विषयमा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने आफू बाग्लुङमा भएको र किन हस्ताक्षर भएन भन्ने थाहा नभएको बताए । उनले आफू चुनावी अभियानमा रहेको बताए ।