arrow

वर्षाको सम्भावना कहाँ कति ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २ बुधबार
weather-2022-evergreen.jpg

काठमाडौं । मनसुन बाहिरिएसँगै मुलुकका पश्चिमी पहाडी क्षेत्रमा पश्चिमी वायुको सामान्य प्रभाव परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । 

पहाडी भूभागका थोरै स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको छ । राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । 

बिहीबार सुदूरपश्चिम, लुम्बिनी र कर्णालीका पहाडी भूभागमा आंशिक बदलीको आँकलन गरिएको छ भने बाँकी क्षेत्रमा आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ । 

पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ