arrow

नेप्सेमा दोहोरो अंकको गिरावट 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २ बुधबार
nepse-news-aaja.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । शेयर बजार परिसूचक बुधबार दोहोरो अंकले घटेको छ । नेप्से १२ दशमलव ८१ अंकले घटेर एक हजार आठ सय ४५ दशमलव ५१ बिन्दुमा झरेको छ ।

आज होटल र म्युचुअल फन्डबाहेक सबै समूहको सेयर घटेको छ । दुई सय १६ वटा कम्पनीको २१ लाख ५१ हजार कित्ता सेयर ६४ करोड ३६ लाख रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा धेरै सोल्टी होटलको तीन करोड ७२ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

आज सबैभन्दा धेरै पिपुल्स पावर कम्पनीको सेयर साढे ६ प्रतिशत र साम्लिङ पावर कम्पनीको सेयर ६ प्रतिशतले घटेको छ। समग्रमा बजार घटे पनि अभियान लघुवित्त र सयपत्री हाइड्रोको सेयर १० प्रतिशतले बढेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ