जीप दुर्घटनामा सातको मृत्यु, मृतक सात महिनादेखि ४२ वर्षका, घाइते १६ मध्ये पाँच गम्भीर
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २ बुधबार
3.2k
Shares
धनगढी । बझाङमा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या सात पुगेको छ । मृत्यु हुनेमा मष्टा गाउँपालिका ३ की १३ वर्षीया सम्झना खड्का, १५ वर्षीय रोशन खड्का, ११ वर्षीय प्रचण्ड खड्का, २८ वर्षीया बसन्ती धामी, ३८ वर्षीय वीरेन्द्र आधिकारी, ७ महिने बालिका दक्षिता कठायत र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ७ का ४२ वर्षीय झरेन्द्र बोहरा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनालाई जिल्ला अस्पताल डडेल्धुरा रेफर गरिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि धनगढी ल्याइने भएको छ ।
बाँकी ११ जनाको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बुधबार दिउँसो जिल्लाको मष्टा गाउँपालिका–१ स्थित चिउरीमा डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको सुपप्र ००१–००१ च ११७ नम्बरको जीप दुर्घटना भएको थियो ।