- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपालका लागि जनवादी गणतन्त्र चीनकी राजदूत होउ यान्छी यसै हप्ता चीन फर्कने भएकी छन् । चार वर्षे कार्यकाल पूरा गरी राजदूत यान्छी चीन फर्कन लागेकी हुन् । राजदूत यान्छीले बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार बिदाइ भेट गरेकी छन् ।
राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा नेपाल र चीनबीच आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
राजदूत यान्छीलाई बढुवा गरी दक्षिण पूर्व एसियाली राष्ट्रहरूको सङ्गठन एसोसिएसन अफ साउथ इस्ट एसिएन नेसन्स(आसियान) क्षेत्रको राजदूतको रूपमा पठाउन लागिएको छ । सन् २०१८ डिसेम्बरमा नेपालका लागि चिनियाँ राजदूतका रूपमा होउ नेपाल आएकी थिइन् ।