arrow

गाउँ पसे झलनाथ, भने- गठबन्धनलाई एउटा दल जस्तै ठान्नुपर्छ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ४ शुक्रबार
jhalnath-khannals.PNG

इलाम । वाम लोकतान्त्रिक गठबन्धनलाई एउटा दल जस्तै ठान्नुपर्ने  नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले बताएका छन् । 

इलाम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारसमेत रहेका खनालले संविधानको रक्षा र अग्रगमनका लागि पाँच दलीय गठबन्धन चुनावी मैदानमा एउटा दल जस्तै भएर आएको बताए। 

चुनावी अभियानमा गाउँ जानुअघि इलामको फिक्कलमा पत्रकार सम्मेलन गर्दै खनालले भने, “हाम्रा फरक विचार होलान् तर यतिबेला हाम्रो लडाइँ संविधान विरोधी शक्तिविरुद्ध हो, त्यसैले हामी एउटै पार्टी जस्तो भएका छौँ ।” 

देशमा भएका विभिन्न आन्दोलन र परिवर्तनमा कम्युनिष्ट र कांग्रेसबीच सहकार्य र प्रतिस्पर्धा हुने गरेको बताउँदै उनले यो स्वाभाविक भएको उल्लेख गरे । 

क्षेत्र नं १ बाट जित्दै आएका खनाल यसअघिको निर्वाचनमा नेकपा एमालेबाट चुनाव लड्दै आएका थिए ।  एकीकृत समाजवादीमा गएसँगै यस पटक क्षेत्र नम्बर १ मा उनले एमालेका महेश बस्नेतसँग प्रतिस्पर्धा गर्नुपर्नेछ  । पूर्व प्रधानमन्त्री समेत रहेका खनालमाथि भोटको समय गाउँ पस्ने र आफ्नो निर्वाचन क्षेत्रमा विकासका काम नगरेको आरोप लाग्ने गरेको छ ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ