arrow

इमरान खानलाई पाँच वर्षसम्म सार्वजनिक पद धारण गर्न रोक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ४ शुक्रबार
imran-khan-pti-chairpersion.jpg

काठमाडौं । इरानका पूर्व प्रधानमन्त्री इमरान खानलाई त्यहाँको निर्वाचन आयोगले आगामी पाँच वर्षसम्म कुनै पनि सार्वजनिक पद धारण गर्न रोक लगाएको छ। यसको अर्थ अब, खान सांसद पदका लागि पनि चुनाव लड्न पाउने छैनन्।

विभिन्न देश र विदेशी प्रतिनिधिहरूले दिएको गिफ्टहरू अवैधानिक तरिकाले बेचेको भन्दै खानलाई निर्वाचन आयोगले उठ्न अयोग्य ठहर गरेको हो।

पाकिस्तानको निर्वाचन आयोग (ईसीपी)ले पूर्व प्रधानमन्त्री खानलाई भ्रष्टाचारमा संलग्न भएको भनेको खानका वकिल गोहर खानले बताएका छन्। खानका वकिल पूर्ण रुपमा आयोगको निर्णयपछि आफूहरू इस्लामवादको उच्च अदालतमा जाने बताएका छन्।

यस्तै खानको पाकिस्तान तेहरिक ई इन्साफ पार्टीले यसलाई अस्वीकार गर्दै तत्काल सडक आन्दोलनमा उत्रिन आग्रह गरेको छ।

गत अप्रिलमा सत्ताबाट बाहिरिएका खानको राजनीतिक उतारचढावको बेलामा यो नयाँ घटनाक्रम हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ