arrow

टिकट नपाएका नेतालाई ओलीले भने - रुवाबासी गर्नु ठिक होइन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ६ आइतबार
pm-kp-oli3.jpg

काठमाडौं ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा पार्टीका तर्फबाट टिकट नपाएका नेताहरूले रुवाबासी गर्नु ठिक नहुने बताएका छन्। एमालेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले टिकट नपाएका नेताप्रति लक्षित गर्दै २०४८ सालदेखि सांसद भइरहेका र गत असोज २-३ गतेसम्म सांसद रहिरहेका व्यक्तिले टिकट नपाएकामा रुवाबासी गर्नु सही नभएको धारणा राखेका हुन् ।

 “पार्टीको हितमा एक शब्द बोलेको होइन, आन्दोलनको हितमा एक शब्द बोलेको होइन”, उनले थपे, “अरू–अरू प्रकारका तमासा देखाउनुपर्ने ठाउँमा तमासा देखाएको छ ।” अध्यक्ष ओलीले राष्ट्र र पार्टीमा योगदान दिनेलाई टिकटमा न्याय गरिएको बताए । 

उनले पार्टीले काम र योगदानका आधारमा न्याय हुने गरी आगामी निर्वाचनका लागि टिकट दिएको बताए। उनले एमाले कार्यकर्तालाई कुनै भावनामा बग्नुपर्ने आवश्यकता नभएको उल्लेख गर्दै एमालेमा न्याय हुने तर न्याय सापेक्ष हुने स्पष्ट पारे ।  

“टिकट पाएन, स्वाभाविक हो,  पालो गर्नुपर्दैन ? अरूलाई पनि त पालो दिनुपर्छ”, उनले भने, “पार्टीको पक्षमा, देशको पक्षमा असाधारण भूमिका भए पनि उहाँको भूमिका आवश्यक छ, उहाँ नभई कन संसद् चल्दैन, उहाँ नभई कन देश हाँकिँदैन भन्ने स्थिति त होइन ।”
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ