arrow

तिहारका तीन दिन यस्तो हुनेछ मौसम

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ६ आइतबार
climate.jpg

काठमाडौं । आज काग तिहारका दिन प्रदेश १ लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १ को एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भाग र प्रदेश १ को तराई भेगमा आंशिक देखि सामान्य बदली  रही बाँकी भू-भागमा मौसम सामान्यता सफा रहने छ। 

  भोलि लक्ष्मी पूजाका दिन देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राती प्रदेश १ लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।  

८ कार्तिक मङ्गलवार गाई गोरु पूजा, खण्डग्रास सूर्य ग्रहणका दिन भने केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।  मङ्गलवार प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ