arrow

एमाले र जसपाबीच द्वन्द्वः गठबन्धन गर्दासमेत पार्टी प्रवेश गराएपछि पर्सामा भुइँचालो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ६ आइतबार
uml-jasapa-parsa.jpg

वीरगञ्ज । पूर्व मन्त्री प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले एमाले कार्यकर्ता ग्यासुद्दीन मियाँलाई आइतबार जसपामा प्रवेश गराएपछि नेकपा एमाले पर्सामा भुइँचालो गएको छ ।

नेकपा पर्साका इन्चार्ज प्रभु हजराले गठबन्धन छँदाछँदै एकले अर्काको कार्यकर्ता चोर्ने काम राम्रो होइन भन्दै यसले निर्वाचन परिणाममा असर गर्न सक्ने बताए । 

नेकपा एमाले वीरगञ्ज महानगर कमिटीका सचिव सुन्दर कुर्मीसँग बुझ्दा जब चुनावसम्म एक अर्काको सहयोगी बनेर चुनाव लड़िरहेका छौँ भने हाम्रो पार्टीको कार्यकर्तालाई जसपाले आफ्नो पार्टीमा प्रवेश गराएर राम्रो काम नगरेको बताए । 

कुर्मीले जसपाका थुप्रै नेता कार्यकर्ताहरू एमाले प्रवेश गर्न आतुर भएको भए तापनि निर्वाचन नहुन्जेलसम्म भित्र्याउने कामलाई थाँती राखेको बताए । 

जसपाका पर्सा क्षेत्र नं १ र २ मा बागी उम्मेदवारहरूको लर्को छ। पर्सा क्षेत्र नं। १ को १ मा नेकपा एमालेका उम्मेदवार बिचारी यादवविरुद्ध जन्नत अंसारीले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने पर्सा क्षेत्र नम्बर २ को २ मा एमालेकै उम्मेदवार हरेराम पटेलविरुद्ध मेयर राजेशमान सिंहका भतिजा रुपेशमान श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

उम्मेदवारी दर्ता गराउने दिन जसपाको कार्यशैलीसँग असन्तुष्ट रहेको नेकपा एमाले पर्साका नेताहरुलाई पूर्व मन्त्री र नगर प्रमुखको रवैयाले नराम्रोसँग झस्काई दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ