भरुवा बन्दुकको छर्रा लागेर महिला घाइते, युवक पक्राउ
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ६ आइतबार
1.8k
Shares
पोखरा । कास्कीमा भरुवा बन्दुकको छर्रा लागेर एक महिला घाइते भएकी छन् । घाइते हुनेमा माछापुच्छ्रे गाउँपालिका वडा नं. २ सैमराङकी महिला रहेकी छन् । कास्की प्रहरीका अनुसार उनलाई भरुवा बन्दुकको छर्रा लागेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार शनिबार बिहान बारीमा घाँस काट्दै गरेको अवस्थामा उनीमाथि बन्दुक हानिएको थियो ।
घाइते महिलाको पोखरास्थित फिस्टेल अस्पतालमा उपचार भइरहेको र उनको अवस्था खतरामुक्त रहेको कास्की प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । उनीमाथि बन्दुक हान्नुको कारण भने नखुलेको प्रहरी बताउँछ ।
ति महिलालाई बन्दुक हानेको आरोपमा सोही ठाउँ निवासी ३३ वर्षका को आइत सिंह तामाङलाई एक थान भरुवा बन्दुकसहित पक्राउ गरेको डिएसपी तिवारीले बताए ।
पक्राउ परेका तामाङलाई कास्की जिल्ला अदालतबाट हातहतियार तथा खरखजाना सम्बन्धी मुद्धामा आठ दिन म्याद लिएर अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।