arrow

बिदामा सर्वोच्चको साइत ११ देखि ३ बजेसम्म मात्रै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ८ मंगलबार
supreme-court-long.jpg
तस्बिर – फाइल ।

काठमाडौं । सर्वोच्च अदालत तिहार र छठ पर्वमा पनि बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि बिहान ११ बजदेखि दिउँसो ३ बजेसम्म खुल्ने भएको छ ।
     
सर्वोच्च अदालत १३ गतेसम्म पूर्णरुपमा बन्द रहने भए पनि शनिबार र भाइटीकाको दिनबाहेक अन्य दिन बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि खुल्ला हुने अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिए ।

न्याय प्रशासन ऐन, २०७३ मा बिदाको दिनमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्ने व्यवस्था रहेको छ । अदालत पूर्णरुपमा भने तिहार र छठपछि मात्र खुल्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ