arrow

दमौलीमा कस्मेटिक पसलमा आगलागी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ८ मंगलबार
aaglagi damauli.jpg

तनहुँ । तनहुँको सदरमुकाम दमौली न्यूरोडस्थित न्यान्सी कस्मेटिक पसलमा सोमबार राति आगलागी भएको छ ।

व्यास नगरपालिका-१ भादगाउँ निवासी मनिषा कुमालले सञ्चालन गरेको उक्त पसलमा विद्युत् सर्ट भई आगलागी भएको अनुमान गरिएको छ । 

उक्त पसल केही महिनाअघि रु ६३ लाखमा खरिद गरेको पसल सञ्चालक कुमालले जानकारी दिइन् । पसल किनेपछि पनि सामान थप गरिएकाले करिब रु ७० लाखको क्षति भएको उनको दाबी छ । 

आगलागीका कारण कस्मेटिकका सामान तथा टाँसीलगायतका सामान जलेर क्षति भएको प्रहरीले जनाएको छ । दमकल आउन ढिलाइ भएकाले बढी क्षति हुन गएको घटनास्थलमा सहभागीले बताएका थिए । स्थानीयवासी, नेपाल प्रहरी, नगरप्रहरीसहितको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । 

आगलागीका कारण कति क्षति भयो भन्नेबारे पीडित व्यक्तिले प्रहरीमा कुनै जाहेरी नदिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ