arrow

राप्रपा अध्यक्ष लिङ्देनलाई जिताउनु एमालेको इज्जत हो – केपी ओली

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ११ शुक्रबार
kp-sharma-oli-2079-04-16.jpg
तस्बिर – फाइल ।

झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका लागि भोट मागेका छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा ३ बाट उम्मेदवारी दिएका लिङ्देनका लागि ओलीले भोट मागेका हुन् । 

शुक्रबार झापा–३ मा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले लिङ्देनका लागि भोट मागेका हुन् । उनले एमालेको इज्जतका लागि भए पनि झापा ३ बाट लिङ्देनलाई विजयी गराउनुपर्ने बताए । 

देशद्रोहीलाई रोक्न हलोमा भोट हाल्न पर्ने बताएका ओलीले विशेषगरी सत्तारुढ गठबन्धनका उम्मेदवारलाई पराजित गर्नुपर्ने बताए । आफ्ना नेता कार्यकर्तालाई एमालेले समर्थन गरेका उम्मेदवारलाई जिताउनुपर्ने भन्दै भोट दिन निर्देशन दिएका उनले यसपटक राप्रपा राष्ट्रिय पार्टी बन्नेसमेत दाबी गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ