arrow

यस्तो आयो नेकपा एसको ५६ पृष्ठको घोषणापत्र [पूर्णपाठसहित] 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १४ सोमबार
ncp-united-manifesto-2079.jpg

काठमाडौं । सत्ताधारी दल नेकपा एकीकृत समाजवादीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ । 

५६ पृष्ठमा समेटेर नेकपा एसले घोषणापत्र सार्वजनिक गरेको हो । नेकपा एसका नीतिगत प्रतिवद्धताहरूमा १. प्राप्त उपलब्धिको रक्षा र विस्तार, २. लोकतन्त्रको सुदृढीकरण र विकास, ३. निर्वाचन प्रणालीमा सुधार, ४. सुशासन र पारदर्शिता, ५. आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड, ६. आर्थिक–सामाजिक रूपान्तरण ः समाजवादका आधार निर्माण, ७. राष्ट्रिय हित र स्वाभिमानको संवद्र्धन र ८. योजना प्रणालीमा आमूल परिवर्तन रहेका छन् ।

घोषणापत्रमा ‘कम्युनिस्ट पार्टीले सही नीति र कार्यक्रमका अँगालेर अगाडि बढ्दा २०५१ सालमा अल्पमतकै भए पनि सरकार बनाएर जनपक्षीय काम गर्न सम्भव भएको थियो। कमरेड मनमोहन अधिकारीको नेतृत्वमा गठित २०५१ सालको नौ महिने सरकारको सबैभन्दा लोकप्रीय र जन(जनका मन मष्तिस्कमा बस्न सफल कार्यक्रम हो ‘आफ्नो गाउँ, आफैँ बनाऔं’ । यो कार्यक्रम नेपालको स्थानीय विकासको क्षेत्रमा आधारभूत परिवर्तन ल्याउने युगान्तकारी कदम थियो । त्यो कार्यक्रम नेपाली अर्थतन्त्रमा विजारोपण गरिएको पहिलो समाजवादउन्मुख कार्यक्रम थियो ।’ भनी उल्लेख गरिएको छ । 

पूर्णपाठसहित–



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ