arrow

केपी ओलीको दक्षिणपन्थी अवसरवादका कारण राजनीतिप्रति नै वितृष्णा जागेको नेकपा एसको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १४ सोमबार
ncp-united-manifesto-20791.jpg

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सोमबार एकीकृत समाजवादीले घोषणापत्र सार्वजनिक गरेको हो । 

एमालेबाट टुक्रिएर बनेको एकीकृत समाजवादीको घोषणापत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेतृत्वप्रति आक्षेप लगाइएको छ । ओलीको दक्षिणपन्थी अवसरवादका कारण राजनीतिप्रति नै वितृष्णा उत्पन्न भएको आरोप लगाएको एकीकृत समाजवादीले घोषणापत्रमा लेखेको छ, ‘२०७४ मा हामी तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर चुनावी गठबन्धन बनाई यहाँहरूबीच आएका थियौँ र झन्डै दुई तिहाई संसदीय स्थानमा विजय प्राप्त गरी केपी ओलीको नेतृत्वमा संघीय सरकार निर्माण गरिएको थियो । त्यस सरकारले जनअपेक्षा र निर्वाचनका बेला जनतासमक्ष गरिएका प्रतिवद्धताअनुरूप काम नगरेको मात्र होइन, भ्रष्टाचार र कुशासनलाई प्रश्रय दिएकाले जनताको अपेक्षामाथि गम्भीर रूपमा कुठाराघात भएपछि आम जनताका मनमा केपी ओलीको दक्षिणपन्थी अवसरवादका बारेमा मात्रै होइन, समग्र राजनीति प्रति नै वितृष्णा उत्पन्न हुन गयो ।’

एकीकृत समाजवादीले ‘हाम्रो विद्रोह र पार्टी पुनर्गठन’ शीर्षकमा एमाले नेतृत्वप्रति आक्रोश र नयाँ पार्टीको जन्मबारे उल्लेख गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ