arrow

एमालेसँग गठबन्धन गरेपछि जसपाका कार्यकर्ता निष्क्रिय बन्दै, आफैंले चुनाव जित्न उपेन्द्रलाई सकस  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १४ सोमबार
upendra-yadav-jasapa.jpg
तस्बिर – फाइल ।

सप्तरी । जनता समाजवादी पार्टी (जसपा) भित्र कार्यकर्ताको असन्तुष्टिले अध्यक्ष उपेन्द्र यादवलाई चुनौती थपिदै गएको छ । मधेस विरोधी एमालेसँग गठबन्धन गरी चुनावमा गएकोले पार्टीका असंतुष्ट नेता कार्यकर्ता आक्रोशित बनेपछि सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार भएका यादवलाई चुनाव जित्न चुनौती थपिँदै गएको हो ।

सत्ता र शक्तिका लागि आफ्नै विरोधी, मधेसी विरोधी शक्तिसँग हात मिलाउने, अप्राकृतिक सहकार्य गर्ने उनी चुनावको मुखमा पनि यही रवैया देखाएपछि पार्टीका नेता कार्यकर्ता असन्तुष्ट बन्दै चुनावी गतिविधिबाट निष्क्रिय हुन थालेका छन् । 

एमालेलाई मधेसमा विरोधी पार्टीका चिनाएका उपेन्द्र आफैं एमालेसँग चुनावी गठबन्धन गरेसँगै कार्यकर्ता असन्तुष्ट भएका हुन् । एक सन्तुष्ट कार्यकर्ता भन्छन्, ‘नागरिकता विधेयक होस् वा मधेस आन्दोलनमा एमालेको भूमिकालाई लिएर मधेसी समुदाय असन्तुष्ट छ । त्यसमाथि सरकारमा हुँदा एमालेले जसपाका सांसद नै अपहरण गरेर पार्टी फुटाउने प्रयास गरेको थियो अहिले उनैसँग जसपा गएको छ ।’

कुनैबेला जसपा पार्टीलाई फुटाउन केपी शर्मा ओलीले षडयन्त्र गरेको कुरा जसपा वृत्तमा निकै चर्चाको विषय बनेको थियो । सांसद डा. सुरेन्द्र यादवलाई एमाले नेता महेश बस्नेत र पूर्वआईजीपी सर्वेन्द्र खनालले आफूलाई अपहरण गरेर होटलमा बन्धन बनाएको र आफू कसैगरी फुत्किन बाध्य भएको बताएका थिए । 

स्वयं उपेन्द्रले पनि एमालेले आफ्नो सांसदलाई एमालेले अपहरण गरेको भन्दै आक्रोश पोखेका थिए । तर अहिले आफैंले अपहरणकारी भनेको पार्टीसँग सहकार्य गरेपछि नेता कार्यकर्तामा असन्तुष्टि छाएको हो ।

आफ्नै नेता कार्यकर्ताको अपहरण गर्ने, मधेसको अवमूल्यन गर्ने शक्तिसँग चुनावमा गठबन्धन गरेको भन्दै धेरै नेता कार्यकर्ता निष्क्रिय बनेका छन् । 

पछिल्ला दिनमा कार्यकर्ताको परित्यागले जसपा जिल्ला नेतृत्व र स्वयं उपेन्द्रलाई चिन्तित बनाएको नेताहरु बताउँछन् । 

अर्कोतिर मधेस विरोधी छवि भएको दलसँग सहकार्य गरेका उपेन्द्रले आफ्नै क्षेत्रमा एमालेको (बागी उठ्नु) साथ नपाउनुले पनि कार्यकर्तामा निराशा छाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ