arrow

पाँच तारे होटलमा एमालेले घोषणापत्र सार्वजनिक गर्दै, ओलीले ‘लाइभ डिबेट’ गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १५ मंगलबार
KP-OLI-SIR.jpg

काठमाडौं । नेकपा एमालेले पाँच तारे होटलमा आज घोषणापत्र सार्वजनिक गर्दैछ । राजधानीोको  पाँच तारे होटल  याक एन्ड यतिमा एमालेले घोषणापत्र सार्वजनिक गर्ने भएको हो । घोषणापत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले ‘लाइभ डिबेट’ गर्ने कार्यक्रम राखिएको छ ।

एमाले अध्यक्ष ओलीको संयोजकत्वमा घोषणापत्र सुझाव समिति बनेको थियो । उक्त समितिले सुझाव सङ्कलन गर्ने कार्य गरिरहेको र उक्त सुझावका आधारमा घोषणापत्र तयार गरिएको एमालले जनाएको छ ।

पार्टीको केन्द्रीय सदस्य एवं प्रचार र तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालका अनुसार होटल याक एन्ड यतिमा मङ्गलबार दिउँसो उक्त घोषणापत्र सार्वजनिक गर्न लागिएको हो ।

उनका अनुसार एमालेले घोषणापत्रको सार्वजनिकीकरण केही नयाँ ढङ्गले गर्ने तयारी रहेको छ । उक्त घोषणापत्रमा अध्यक्ष केपी शर्मा ओलीले ‘लाइभ डिबेट’ गर्ने कार्यक्रम राखिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ