arrow

एमालेको घोषणापत्र डिजिटल माध्यमबाट सार्वजनिक [पूर्णपाठ]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १५ मंगलबार
kp-oli-ghosanapatra.jpg

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । सत्ताधारी दलहरुको घोषणापत्र आइसकेपछि त्यसलाई काउन्टर दिने गरी प्रमुख प्रतिपक्षले मंगलबार घोषणापत्र सार्वजनिक गरेको हो । 

पाँच तारे होटल याक एण्ड यतिमा आयोजित एक कार्यक्रमका बीच एमाले अध्यक्ष केपी शर्मा ओलीले डिजिटल माध्यमबाट घोषणापत्र सार्वजनिक गरेका हुन् ।

घोषणापत्रमा २० वटा ग्यारेन्टी गरिएको छ । एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’ कै नीति ल्याएको छ । कभर पृष्ठमै एमालेले ‘सुशासन, विकास, समृद्धि र समानता पाँच वर्ष – एमालेले गर्छ !’ भनेर राखिएको छ । 

विभिन्न पाँच खण्डमा विभाजन गरेर सबैभन्दा लामो ९६ पृष्ठको घोषणापत्र एमालेले ल्याएको हो । 
 

स्थायी सरकार, पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले शुरु गरेका तर अधुरा योजनाको निरन्तरता तथा राष्ट्र र राष्ट्रियताका पक्षमा गरेका कामलाई घोषणापत्रमा महत्वका साथ स्थान दिइएको छ । 

एमालेले घोषणापत्र निर्माणका लागि अध्यक्ष ओलीको संयोजकत्वमा आठ सदस्यीय समिति बनाएको थियो । समितिका सदस्यमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षत्रय अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल र विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् । 

यसअघि एमालेले २०७४ सालको घोषणापत्र नेकपा माओवादी केन्द्रसँग मिलेर साझा घोषणापत्र बनाएको थियो । त्यही घोषणापत्रले एमाले माओवादी मिलेर झण्डै दुईतिहाई मत ल्याएका थिए । पछि पार्टी एकतासमेत भए पनि त्यो एकता तीन वर्षभन्दा बढी टिकेन । दुई तिहाईको सरकार साढे तीन वर्षमै ढल्यो । 

यस्तो थियो एमालेले २०७४ सालमा माओवादी केन्द्रसँग मिलेर जारी गरेको साझा घोषणापत्र – 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ