arrow

विरोधी शक्तिले मलाई यादव विरोधी भनेर भ्रम फैलाउँदै छ – जयप्रकाश ठाकुर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १६ बुधबार
jayprakash-thakur11-.jpg

राजविराज । सप्तरी क्षेत्र नम्बर २ बाट वाम लोकतान्त्रिक गठबन्धनका प्रतिनिधि सभा सदस्य उम्मेदवार जयप्रकाश ठाकुरले विरोधी शक्तिहरु अहिले आफूलाई यादव विरोधी भनेर दुष्प्रचार गरिरहेको बताएका छन् ।

राजविराज नगरपालिका वडा नम्बर ३ मा बुधबार आयोजित वडा स्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्ता अपवाहको पछि नलाग्न कार्यकर्तालाई आग्रह गरे । चुनावको बेला यस्तै भ्रम फैलाएर विरोधी शक्तिले धमिलो पानीमा माछा मार्ने प्रत्यत्न गरिरहेको ठाकुरले बताए ।

आफूले स्थापना गरेको युनिक मेडिकल कलेजमा सबैभन्दा पहिला सुनिता यादवकै नाम स्कलरशिपमा परेको उदाहरण दिँदै ठाकुरले  ‘मेरो मेडिकल कलेज र युनिक होस्पिटलमा करिब ६० प्रतिशत यादव कर्मचारी नै विभिन्न पोष्टमा काम गर्दै आएका छन् ।

विरोधी शक्तिले जति हल्ला फैलाए पनि यादवलगायत सबै जातजातिहरुलाई म उत्तिकै सम्मान गर्दै आएको छु र यो कुरा यहाँका जनताले राम्ररी बुझेका छन्’ भने ।  

राजविराजमा शिक्षा, स्वास्थ्य, कृषिको विकासका लागि आफू पछि नपर्ने बताउँदै मंसिर ४ गतेको चुनावमा वाम लोकतान्त्रिक गठबन्धनलाई जिताउनु पर्नेमा जोड दिए  ।

यस्तै वाम लोकतान्त्रिक गठबन्धनकै सप्तरी क्षेत्र नं २ प्रदेश सभा (ख) का उम्मेदवार उमेश यादवले हजारौं शहीदको बलिदानीबाट बनेको संविधान र संघीयता जोगाउन वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई जिताउनु पर्ने बताए । 

‘संविधानको रक्षा, बारम्बार संसद विघटन गर्ने विरोधीलाई परास्त गरी संघीयतालाई जोगाउन यो गठबन्धन भएको हो’ यादवले भने । 

पाँच दलीय पार्टीको सबै कार्यकर्तालाई टोलटोलमा चुनाव प्रचारमा लाग्न आग्रह गर्दै मतपत्रबारे गाउँ घरका मतदातालाई जानकारी गराउनुपर्ने उनले बताए । 
राजविराजका पूर्व नगरप्रमुख शम्भुप्रसाद यादवले संघीयतालाई रक्षा गर्दै आफनो स्वाभिमानका लागि वाम लोकतान्त्रिक गठबन्धनलाई जिताउनुको विकल्प नरहेको धारणा राखे । 

कांग्रेसका नेता धुव्रप्रसाद देवले नगरिकता विधेयकलाई लागु गराउन वाम लोकतान्त्रिक गठबन्धनले चुनाव जित्नु आवश्यक रहेको बताए । अर्का नेपाली कांग्रेसका नेता इर्साद अंसारीले आगामी निर्वाचन सफल पार्नका लागि वडा वडामा यसको प्रचारप्रसार हुनु पर्नेमा जोड दिँदै ठगीवादमा लागेका जसपालाई तह लगाउनका लागि वाम लोकतान्त्रिकका उम्मेदवारलाई जिताउनुको विकल्प नरहेको बताए ।

बुथ कमिटीका अध्यक्ष दुगानन्द चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा राजविराज नगरपालिका वडा नं ३ मा रहेको पाँच दलीय वाम लोकतान्त्रिक पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ