arrow

भूमिहीनलाई डा सुनील शर्माको वचन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १७ बिहिबार
dr-sunil-sharma-123.jpg

मोरङ । मोरङ क्षेत्र नम्बर ३ मा सत्ताधारी दलहरुको गठबन्धनका साझा उम्मेद्वार डा. सुनील शर्माले मंसिरपछि बन्ने गठबन्धन सरकारले आगामी २ वर्षभित्र सुकुम्बासी भूमिहीनहरुलाई पहिलो चरणको धनीपुर्जा वितरण गरिसक्ने बताएका छन् । 

मोरङ क्षेत्र नम्बर ३ को थपरेमा आयोजित कोणसभालाई संबोधन गर्दै शर्माले आफूहरु आश्वासन दिने मात्र नभइ काम गर्ने बताए । आफूले यसअघिको निर्वाचन जित्न नसके पनि आफूले सकेजति र सक्नेजति काम गरेको भन्दै सांसद भएर संसद भवनमा गएपछि जनताले गुनासो गर्न नपाउने गरी काम गर्ने दाबी गरे ।

शर्माले मोरङ क्षेत्र नम्बर ३ सहित देशभर गठबन्धनको जित निश्चित भइसकेका कारण मंसिरमा नयाँ सरकार बने लगत्तै जनतामाझ गरेका बाचा पूरा गर्न  सरकार, संसद र गठबन्धन आवद्ध दलहरु एक भएर लाग्ने बताए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ