arrow

पाकिस्तानी प्रधानमन्त्रीद्वारा इमरान खानको हत्या प्रयासमा संलग्नता अस्वीकार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २० आइतबार
shehbaz-sharif-pakistan-pm.jpg

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले विपक्षी नेता इमरान खानको हत्या प्रयासमा आफू संलग्न रहेको आरोपलाई अस्वीकार गरेका छन् । यसैबीच पूर्व प्रधानमन्त्री खानका समर्थकहरूले गोलीबारीको अनुसन्धानको माग गर्दै विरोध प्रदर्शन जारी राखेका छन् ।

बिहीबार सरकार विरोधी र्‍यालीका क्रममा खानको खुट्टामा गोली लागेको थियो । क्रिकेटरबाट राजनीतिज्ञ बनेका उनले प्रधानमन्त्ती शरीफ, गृहमन्त्री राणा सनाउल्लाह र पाकिस्तानी सेनाका एक शीर्ष जनरललाई आफ्नो हत्याको प्रयास गरेको आरोप लगाएका छन् ।

यद्यपि आरोप अस्वीकार गर्दै शरीफले शनिबार भनेका छन्, 'यदि यस मामलामा मेरो संलग्नताको बारेमा कुनै प्रमाण भेटिएमा मलाई पदमा बस्ने अधिकार छैन । इमरान खानले नाम दिएका यी तीन व्यक्तिहरूविरुद्ध कुनै प्रमाण भने पेश गरिएको छैन ।'

उनले उत्तरपूर्वी सहर लाहोरमा पत्रकारहरुसँग बोल्दै भनेका छन्, 'यदि यस्तो भयो भने म सदाका लागि राजनीति छोड्छु ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ