- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आख्यानको लघुत्तम विधा लघुकथाको उन्नयनमा विगत १५ वर्षदेखि निरन्तर क्रियाशील संस्था लघुकथा समाज, नेपालको वार्षिक साधारण सभाले लघुकथाकार–साहित्यकार गोपाल अश्कलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । यसअघि साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ समाजका अध्यक्ष थिए ।
शनिबार बिहान सम्पन्न समाजको १५औं साधारण सभाले संस्थाको उपाध्यक्षमा तुलसीहरि कोइराला, महासचिवमा सुमन सौरभ, कोषाध्यक्षमा छविरमण सिलवाल तथा सचिवमा श्रीबाबु कार्कीलाई निर्विरोध चयन गरेको छ ।
त्यस्तै सदस्यहरूमा सिन्धु गौतम, सुषमा मानन्धर, राजेश खनाल, नवराज रिजाल, रामप्रसाद पण्डित र तारा केसीलाई चयन गरेको छ । प्राडा लक्ष्मणप्रसाद गौतम, रामप्रसाद पन्त र अश्विनी कोइराला रहेको निर्वाचन समितिले निर्विरोध चयनको घोषणा गरेको हो ।
साधारण सभाको प्रारम्भमा कवि विश्वविमोहन श्रेष्ठ, कृष्ण प्रसाईं, राधेश्याम लेकाली, प्रद्युम्न जोशी, गोविन्द गिरी प्रेरणा, छविरमण सिलवाललगायतले शुभकामना मन्तव्य दिएका थिए ।
उक्तअवसरमा महासचिव तुलसीहरि कोइराला र कोषाध्यक्ष सुमन सौरभद्वारा प्रस्तुत प्रतिवेदनहरू सर्वसम्मत पारित गरिएको थियो ।
कार्यक्रममा निर्वाचन समितिका संयोजक प्राडा लक्ष्मणप्रसाद गौतम, निवर्तमान अध्यक्ष श्रीओम श्रेष्ठ रोदन र नवनिर्वाचित अध्यक्ष गोपाल अश्कले आफ्ना धारणा राखेका थिए ।