arrow

पार्टीमा आन्तरिक समस्या छैन – डा सुनील शर्मा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २० आइतबार
dr-sunil-sharma-2079-07-20.jpg

बेलबारी । मोरङ क्षेत्र नं ३ मा नेपाली कांग्रेसका प्रतिनिधि सभा निर्वाचनका उम्मेद्वार डा. सुनील शर्माले पार्टीमा कुनै आन्तरिक समस्या नरहेको बताएका छन् । आज पत्रकारहरूसँग कुरा गर्दै उनले १२ लाख क्रियाशील सदस्य रहेको पार्टीमा एकाध ब्यक्तिको असन्तुष्टिलाई सामान्य मान्नु पर्ने बताए ।

उनले भने, ‘पार्टीले आधिकारिक उम्मेद्वार बनाएपछि लोकतान्त्रिक पार्टीको सदस्य बनेर म मान्दिन भन्न मिल्दैन ।’ पार्टीमा योगदान दिएका, लामो समयसम्म जेल नेल भोगेर काम गरेका सम्पूर्ण अग्रजहरूप्रति उनले आदर भाव प्रकट गर्दै भने, ‘पार्टीको महाधिवेशनमा आन्तरिक प्रतिस्पर्धा भयो । त्यो पनि लोकतन्त्रको सुन्दर पक्ष हो । लोकतन्त्रको अभ्यासमा प्रतिस्पर्धा हुन्छ । कोही हार्छन्, कोही जित्छन् । हामी कहाँ पनि त्यही भयो । तर, हार्दैमा अवसर सकिने र जित्दैमा सबै अवसर उसैले पाउने होइन ।’

डा. शर्माले आफू निर्वाचनको मैदानमा आएकै दिन सबैसँग कान समाएर माफी मागेको संस्मरण गर्दै भने, ‘अझै पनि साथीहरूसँग संवादको ढोका बन्द भएको छैन ।’

मिडियामा आफू विरुद्ध आएका समाचारको कुनै टिकाटिप्पणी नगर्ने बताउँदै उनले थपे, ‘मैले सयौं विद्यार्थीलाई निःशुल्क पढाएँ । डाक्टर, स्वास्थ्य प्राविधिक बनाएँ । मृत्युसँग संघर्ष गरिरहेकाहरूलाई एक रुपियाँ नलिई उपचार गराएँ । बिरामीको कुरुवालाईसमेत खान दिएर उपचारमा सहयोग गरें ।  मैले न बिरामीलाई पार्टी सोधें । न कुन चिन्हमा मत हाल्छौ भनेर नै सोधें । मोरङका गाउँ गाउँमा एम्बुलेन्स पुर्याएँ । स्वास्थ्य उपचार र चिकित्सा शिक्षामा अल्पसंख्यक गरिब र सीमान्तकृत वर्गका सन्थाल, मुसहर, डोम, बातरको पहुँच पुर्याएको छु । तराईका हुन् वा हिमाल र पहाडका दलित समूदायका विपन्न विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिमा पढाइरहेको छु । यी सबै सामाजिक गतिविधिको समाचार किन आउँदैन ?’

शर्माले केही गर्न नसक्नेहरूले लगाउने आरोपका पछि लाग्नुको अर्थ नरहेकोसमेत बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ