arrow

गोली लागेका इमरान खान डिस्चार्ज

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २१ सोमबार
imran-khan2.jpg
तस्बिर – फाइल ।

इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अस्पतालबाट डिस्चार्ज भएका छन् । तीन दिनअघि एक चुनावी र्यालीमा गोली लागेर घाइते भएका खान उपचारपछि डिस्चार्ज भएका हुन् । 

उनको खुट्टामा गोली लागेको थियो । उनीमाथि हत्या प्रयास भएको खानको पाकिस्तान तेइरिक–ए–इन्साफले जनाएको छ । पूर्वसूचना मन्त्री फवाद चौधरीले खानलाई डिस्चार्ज गरिएको बताएका छन् । 

एक स्थानीय टिभी च्यानलले खान ह्वीलचेयरमा लाहोर क्लिनिकबाट बाहिर निस्किएको देखाएको छ । ७० वर्षीय खानमाथि  बिहीबार पूर्वीशहर वजिराबादमा बाक्लो भीडमा एक राजनीतिक कार्यक्रममा गोली प्रहार भएको थियो । 

गत अप्रिलमा सत्ताच्युत भएसँगै राजनीतिक सरगर्मी बढेको पाकिस्तानमा उनीमाथि गोली प्रहार भएपछि थप अस्थिरता बढ्ने संकेत गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ