arrow

टी–२० विश्वकपः भारत र इङ्गल्याण्ड मैदानमा, भारत ब्याटिङमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २४ बिहिबार
kohli-2022-11-10.jpg

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा अहिले भारत र इङ्गल्याण्ड भिड्दै छन् । इङ्गल्याण्ड र भारतबीच एडिलेडको एडिलेड ओभलमा हुँदै गरेको खेलमा इङ्गल्याण्डले टस जितेर पहिले फिल्डिङ रोजेको छ । 

भारतले पहिले ब्याटिङ गर्दैछ । खेल नेपाली समयअनुसार १ः४५ बजे शुरु हुनेछ । 

समूह चरणमा भारतले पाँचमध्ये चार खेल जितेको थियो । इङ्गल्याण्ड तीन खेल जितेर नकआउट चरणमा पुगेको हो । दुई टोलीबीच २२ खेल भइसकेका छन् भारतले १२ खेल जितेको छ । टी–२० विश्वकपमा तीन वटा भिडन्त भइसकेका छन् । भारतले २ पटक जितेको छ ।

एडिलेडको मैदानमा भारतीय क्रिकेट टोलीले ३० खेलमा १३ जित र १३ हारेको छ । १ खेल टाई र ३ बराबरी भएको छ । पछिल्लो ६ खेलमा ५ खेल जितेको छ । इङ्गल्याण्ड टोलीको सबैभन्दा बलियो पक्ष भनेको उनको ब्याटिङ हो । टोलीसँग ९ जनामा ब्याट्सम्यान छन् ।

खेल जित्ने टोलीले आइतबार मेलबर्नमा हुने फाइनलमा पाकिस्तानसँग खेल्नेछ। न्यूजिल्याण्डलाई हराउँदै पाकिस्तान यसअघि नै फाइनलमा पुगेको छ । सिड्नी क्रिकेट मैदानमा प्राप्त जितमा पाकिस्तान शुरुमा सटिक फिल्डिङ र अनुशासित बलिङ गर्दै न्यूजिल्यान्डलाई ४ विकेटमा १ सय ५२ रनमै खुम्च्याएको थियो । जवाफमा पाकिस्तानले ३ विकेटको क्षतिमा पाँच बल खेल्न बाँकी छँदै जित हासिल गर्यो । 

पाकिस्तान तेस्रो पटक टी–२० विश्वकपको फाइनलमा पुगेको हो । पाकिस्तानले सन् २००९ मा विश्वकप जितेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ